१६ चैत्र २०८०, शुक्रबार

शहरलाई व्यवस्थित बनाउन नीति ल्याइने

Metmani chaudhary
फाइल फोटो

सहरी विकासमन्त्री मेटमणि चौधरीले राष्ट्रिय सहरी नीति २०७९ लाई स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पेश गरिएको बताउनुभएको छ ।

मन्त्री चौधरीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको अवसरमा आज पत्रकारहरूसँग छलफल गर्दै मुलुकका ठूला सहरहरूलाई व्यवस्थित बनाउन आफू लागि परेको बताउनुभयो ।

मन्त्री चौधरीले सरकारले मुलुकका प्रमुख शहरलाई सुव्यवस्थित र सुन्दर बनाउने अभियान थालेको र ठूला सहरी विकासका आयोजनाहरूको अनुमान गरी छिटो सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा करिब १ हजार आवास इकाइहरुको निर्माण कार्य सम्पन्न भएको मन्त्री चौधरीले जानकारी दिनुभयो ।