८ बैशाख २०८१, शनिबार

नेता देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता

IMG 20220727 184025

सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ ।

गोलबाजार नगरपालिका १३ वस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता गराएकी हुन् ।

घरमा कोही नभएको मौका छोपी महतोले जबरजस्ती करणीको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता भएको हो ।

उक्त घटना गाउँ मै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

आरोपित महतो फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए ।

Screenshot 2022 07 27 18 36 39 46 a23b203fd3aafc6dcb84e438dda678b6

    सम्बन्धित समाचार...