१३ आश्विन २०७९, बिहीबार

निमा ई-लर्निङले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने

295512700 505860681297943 8703125788714755545 n

निमा ई-लर्निङले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । जसमा निमाको राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता श्रावण १३ सम्म निबन्ध पठाउन सकिने छ ।

यस प्रतिस्पर्धामा कक्षा १० मा पढ्ने विद्यार्थीहरुले मात्रै सहभागिता जनाउन पाउने निमाले जनाएको छ । श्रावण १३ सम्म निमाको इमेल ठेगाना ‘इन्फो एट निमा एकेडेमी डटकम’ (info@neemaacademy.com) मा कम्तिमा १२ सय शब्दमा नबढाई निबन्ध पठाउन सकिने निमाले जानकारी दिएको छ ।

श्रावण १५ मा विजेता, उपविजेता र तेस्रो हुनेको घोषणा हुनेछ । विजेताले ३ हजार रुपैयाँ नगद र एउटा गुगल ब्याग, उपविजेताले २ हजार नगद र र एउटा गुगल ब्याग तथा तेस्रो हुनेले १ हजार नगद र एउटा छाता पाउनेछन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेले यससँगै कक्षा १० का ई–लर्निङका लागि १ वर्षको निमाको फ्रि सब्सस्क्रिप्सन पनि पाउनेछन् ।

    सम्बन्धित समाचार...