१५ चैत्र २०८०, बिहीबार

पुनरावलोकन हुँदै मतदान स्थल तथा मतदान केन्द्र

thapaliya

निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन शुरु गरेको छ ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको आज बसेको बैठकले आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिस गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

CKK KTM CEChiefThapaliyaa

नेपाल सरकार, गृह, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने तथा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गर्ने कार्यक्रममा सहभागी हुन सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय सङ्गठनलाई आवश्यक निर्देशन दिन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

यही साउन १ गतेदेखि आगामी भदौ ७ गतेसम्म मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ ।

CKK KTM CEChiefThapaliyab