१२ बैशाख २०८१, बुधबार

अन्तिम दिन आज श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने

ipo

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको  छ ।  कम्पनीले साउन ४ गते देखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख  हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । 

१ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो शेयर वेबसाइट तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । 

    सम्बन्धित समाचार...