६ बैशाख २०८१, बिहीबार

काठमाण्डौ भरी ‘म’ – दर्शकलाई फिल्मको ट्रेलर देखाउने नयाँ शैली

295105964 1143206119568212 9027862643055429006 n

आम दर्शक सम्म फिल्मको प्रचार प्रसार गर्ने फरक शैली अपनाईरहेको फिल्म ‘म’ ले दर्शकलाई ट्रेलर देखाउने शैली पनी फरक अपनाएको छ ।

काठमाण्डौका मुख्य मुख्य चोकमा जाममा परेका आम जनमानसलाई समेत टार्गेट गरेर व्यवसायिक प्रयोजनको लागि राखीएको सबै ठुलो डिजीटल स्क्रिनहरुमा अहिले फिल्म ‘म’ को ट्रेलर बजीरहेको छ ।

यो भन्दा अगाडी फाट्ट फुट्ट फिल्मको पोस्टरहरु डिस्प्ले भएको पाईए पनि सबै तिर एकै पटक फिल्मको प्रोमोस्नल ट्रेलर बजेको यो भन्दा अगाडी कुनै फिल्मको देखीएको थिएन ।

चल्दै आएका अन्य सबै फिल्महरुले हलमा, युट्युवमा र टेलीभिजनमा मात्रै फिल्मको ट्रेलर बजाउदै आईरहेको पाईन्थ्यो । ‘म’ ले सुरुवात गरेको यो शैलीलाई पक्कै पनी नयाँ तथा फरक थालनी भन्न सकिन्छ ।

फिल्मको ट्रेलर अहीले कलंकी, कालिमाटी, माईतीघर, कमलादी, दरबारमार्ग, गौशला, चाबाहील, नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, सुर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका ठुला स्क्रिनहरुमा प्रदर्शन गरिएको छ ।

काठमाण्डौका मुख्य चोकहरुमा दैनीक लाखौँ यात्रुहरु जाममा पर्नुपर्ने बाध्यता कायमै छ। हल सम्म नजाने र युट्युवमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने यो फोर्सफुल मार्केटीङ्ग प्रभावकारी चाहीँ पक्कै हुन्छ तर ति आम यात्रु तथा जनता हल सम्म फिल्म हेर्न आउछन भन्न चाहीँ यसै सकीन्दैन । यदी यो मार्केटीङ्ग शैली प्रभावकारी सँगै फिल्मको लागी फलदायी भयो भने आउने दिनका अन्य फिल्मले पनि यो ट्रेण्ड फलो गर्नेछन् ।

अहीले सम्म प्रचार प्रसारमा सुनसान देखिएको फिल्म ‘म’ रिलीज हुन जम्मा १४ दिन बाँकी रहँदा मार्केटीङ्गमा आक्रमक देखीएको हो ।

श्रावण ५ गते फिल्मको सस्पेन्स ट्रेलर सार्वजनिक गरेर प्रचार प्रसार सुरु गरेको ‘म’ ले हिजै देखी काठमाण्डौका चोक चोकमा पनि प्रत्यक्ष रुपमा पुगेर आम सर्व साधारणलाई फिल्मको बारेमा जानकारी दिएको थियो ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ को निर्देशक सुवर्ण थापा हुन् भने यसका क्रीयटीभ निर्माता प्रकाश पुरी हुन् ।

सरोज खनाल, निराजन प्रधान, रुविना थापा, निशा अधिकारी, सबीन श्रेष्ठ, नरेन खड्का, सरीता लामीछाने सँगै नयाँ अनुहारमा संजोग रसाईली र पुनम श्रेष्ठको अभिनय रहेको फिल्म ‘म’ यही श्रावण २० गतेबाट देश भर प्रदर्शन हुदैछ ।

295021856 1143206372901520 5930142680760686483 n
295026392 1143206249568199 3041838964302094621 n
295057260 1143206462901511 2054113374871406163 n
295066102 1143206006234890 1753804327663220406 n
295089700 1143206176234873 802322084660836839 n
295094141 1143206122901545 8237006648460429591 n
295105964 1143206119568212 9027862643055429006 n
295173498 1143206032901554 4188460779991665262 n
295177235 1143206292901528 621871023044631489 n
295207593 1143206269568197 5682489081894967694 n
295297253 1143206392901518 5518407614699450683 n
295321176 1143206172901540 6376742581230181304 n
295375660 1143206099568214 7590372952128430027 n
295462766 1143206466234844 8490438015682861649 n
295547473 1143206336234857 5336476487274213082 n
295610670 1143206036234887 2079877863181172342 n

    सम्बन्धित समाचार...