८ बैशाख २०८१, शनिबार

साडियो माने चुनिए अफ्रिकन फुटबलर अफ द इयर

Sadio Mane

सेनेगलका साडियो माने अफ्रिकन फुटबलर अफ द इयर चुनिएका छन् ।

मोरक्कोको राजधानी रबातमा कन्फेडेरेसन अफ अफ्रिकी फुटबल अवार्ड समारोहमा उनी दोस्रो पटक अफ्रिकन फुटबलर अफ द इयर चुनिएका हुन् ।

मानेको पेनाल्टी गोलसँगै सेनेगलले यस वर्ष अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

कोरोना भाइरसको महामारीका कारण तीन वर्षपछि पुरस्कार प्रदान गरिएको हो । महिलातर्फ नाइजेरियाकी एसिसात ओशोलाले उपाधि जितिन् ।

    सम्बन्धित समाचार...