६ बैशाख २०८१, बिहीबार

इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश

England 1

इंग्ल्याण्ड महिला युरोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

युरोकप अन्तर्गत गएराति सम्पन्न पहिलो क्वार्टरफाइनलमा स्पेनमाथि २–१ को जित निकाल्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का पार्‍यो ।

अमेक्स रंगशालामा ५४औं मिनेटमा स्पेनले इस्थर गोञ्जालेजको गोलबाट अग्रता बनाएको थियो । तर ८४औं मिनेटमा इंग्ल्याण्डकी इला टुनीले बराबरी गोल फर्काइन् ।

त्यसपछि इञ्जुरी समयको ९६औं मिनेटमा जर्जिया स्टानवेले इंग्ल्याण्डका लागि विजयी गोल गरिन् । दोस्रो क्वार्टरफाइनलमा आज जर्मनी र अष्ट्रियाले प्रतिस्पर्धा गर्दैछन् ।