१५ चैत्र २०८०, बिहीबार

श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित एक जना भारतीय पक्राउ

nagada1

प्रहरीले श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित एक जना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा भारतबाट नेपालतर्फ आइरहेका भारतीय युवकलाई श्रोत नखुलेको ४१ लाख ५५ हजार रुपियाँसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीका अनुसार प्रहरीले श्रोत नखुलेको उक्त परिमाणको नेपाली रुपियाँसहित भारत बिहार पूर्वी चम्पारण रक्सौल वडा नम्बर ११ बस्ने २५ वर्षीय राकेशकुमार रहेका छन्।

पर्सा प्रहरीले राकेश कुमारले चलाएको बीआर शून्य एन ०२३८ नम्बरको मोटर साइकलको सिटमुनी र ट्याङ्कीमा लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका राकेशकुमार उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो।

    सम्बन्धित समाचार...