११ बैशाख २०८१, मंगलवार

‘बबली बाउन्सर’ को रिलिज मिति घोषणा, तमन्ना भाटियाको फर्स्ट लुक सार्वजनिक

babli bouncer

फिल्म निर्देशक मधुर भण्डारकरको आगामी फिल्म ‘बबली बाउन्सर’ को रिलिज मिति घोषणा गरिएको छ । यससँगै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।

फिल्म २३ सेप्टेम्बर २०२२ मा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ। स्टार स्टुडियो र जंगली पिक्चर्सले यसको रिलिज मिति घोषणा गरेको हो । यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज हुने बताइएको छ । यस फिल्ममा तमन्ना भाटिया मुख्य भूमिकामा देखिने भएकी छिन् ।

निर्माण पक्षले ‘बबली बाउन्सर’ बाट तमन्ना भाटियाको फर्स्ट लुक सार्वजनिक गरेको छ । तस्बिरमा तमन्ना कालो प्यान्ट र टिसर्टमा हात बाँधेर उभिएकी छिन् । त्यस्तै, तस्बिरमा तमन्ना आफ्नो शक्ति प्रदर्शन गरिरहेको देखिएकी छिन् । यो तस्विरमा उनी मुस्कुराएकी छिन् । दुवै तस्विरमा तमन्नाको लुक निकै बलियो देखिन्छ । तमन्नाको यो विशेष शैलीले फ्यानमा फिल्मलाई लिएर उत्सुकता बढाएको छ ।

‘बबली बाउन्सर’ उत्तर भारतको वास्तविक ‘बाउन्सर टाउन’ असोला फतेपुरमा आधारित कथा हो। यस फिल्ममा तमन्नाको ‘बबली बाउन्सर’को चरित्र बिल्कुलै फरक रहेको छ । फक्स स्टार स्टुडियो र जंगली पिक्चर्सद्वारा निर्मित, ‘बबली बाउन्सर’लाई मधुर भण्डारकरले निर्देशन गरेका हुन्। फिल्ममा सौरभ शुक्लासँगै अभिषेक बजाज र साहिल वैद पनि मुख्य भूमिकामा देखिनेछन् ।

तमन्ना भाटियाले आफ्नो फिल्मको बारेमा एक अन्तर्वार्तामा भनिन्, ‘बबली बाउन्सर’ फिल्मको स्क्रिप्ट पढेपछि आफूलाई यो क्यारेक्टर सबैभन्दा रोमाञ्चक र रमाइलो पात्रमध्येको एक भएकोले आफूलाई यो क्यारेक्टरको माया लाग्यो । तमन्नाले पहिलो पटक महिला बाउन्सरको कथामा आधारित फिल्म बन्ने र उनको आवाज बन्न पाउँदा निकै उत्साहित छु ।