१२ बैशाख २०८१, बुधबार

खडेरी र रासायनिक मल अभावले अन्न भण्डारमै भएन रोपाइँ

kwti

अघिल्ला वर्षहरुमा सामान्यतः असारभित्रै ७५ प्रतिशत रोपाइ हुने गरेको थियो । तर यस वर्ष साउन लाग्दासम्म जम्मा ६९ प्रतिशत क्षेत्रफलमा मात्र भएको छ ।

यो गत वर्षको भन्दा ७ प्रतिशत कम हो । समयमै पर्याप्त पानी नपर्दा धानका लागि पकेट क्षेत्र मानिएका तराईका जिल्लामा सबैभन्दा कम रोपाइ भएको छ । यसले उत्पादनकै कमी आउने हो कि भन्ने चिन्ता किसानको छ ।

धान उत्पादनको उर्वर भूमि मधेश प्रदेशमा साउन लाग्दासम्म ५७ प्रतिशत खेतमा मात्र रोपाइा भएको छ । कुल ४ लाख ५ हजार हेक्टर रोपाइा हुने मधेश प्रदेशमा अहिलेसम्म २ लाख २९ हजार हेक्टरमा मात्रै भएको छ । धान रोपाइा गर्ने बेला टर्न लाग्दा पनि पर्याप्त पानी नगर्दा किसानको खेत बााझै बसेको हो ।

pachim

प्रदेश १ मा अहिलेसम्म ३ लाख ४० हजार हेक्टरमध्ये ६७ प्रतिशतमा रोपाइा भएको छ । धानबाली उत्पादन हुने पकेट क्षेत्रमै रोपाई कम हुादा धान उत्पादनका कमी हुने होकी भन्ने चिन्ता सरकारी अधिकारीहरुको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै रोपाइा सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत भएको छ । सबैभन्दा कम रोपाइा मधेस प्रदेशमा ५७ प्रतिशत भएको छ । १५ लाख हेक्टर रोपाइा हुने जमिन मध्ये करिब साढे १० लाख हेक्टरमा मात्रै भएको छ ।

यता मौसम विज्ञान विभागले न्यून चापीय रेखामाथि गर्दै गएकाले मंगलबारबाट तराई र पहाडी जिल्लामा पानी पर्ने सक्ने बताएको छ । सा

उन दोस्रो हप्तासम्ममा रोपाइा हुन सकेमा पनि राहत हुने सरकारी आंकलन छ । रासायनिक मल उपलब्ध हुन नसक्नु र मौसम पनि अनकूल हुन नसक्दा यो वर्ष धान उत्पादन बढाउन चुनौती देखिन्छ ।

ropai