८ बैशाख २०८१, शनिबार

सरकारी गाडीको दुरुपयोग सार्वजनिक बिदाका दिन मुगुमा

1658065249368

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर मुगुमा भने यो नियमको पालना भएको पाइँदैन । 

मुगुमा नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन आज विशेष गरेर लुतो फाल्ने दिन, साउने संक्रान्तिको पर्वको निहु पारेर दर्जनबढी सवारीको दुरुपयोग भएको पाइएको हो । 

यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । मुगुमा प्राय कर्मचारी कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।

आज परेको साउने संक्रान्तिमा विदाको समय भएता पनि सरकारी सवारी साधन लिएर मुगुका मुख्य पर्यटकिय स्थल रारा ताल , लगायत अन्य स्थानहरुमा गाडी लिएर यात्रु बोक्ने काम गरेको पाईएको हो । कर्णाली प्रदेश सरकारले साउनको १ गते दश वटै जिल्लामा सार्वजानिक विदा दिईएको छ । 

बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि चलाए पनि पास लिनु पर्ने तर यहाँका कुनै पनि सरकारी कार्यालयले पास नलिएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । उनका अनुसार नियम उल्लघंन गरि सरकारी गाडी चलाउने कार्यालयलाई कार्वाही गरिने बताए । 

ट्राफिक प्रहरीको दोहोरी नीति

मुगुमा बिदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारबाही गर्न ट्राफिक प्रहरीले वेवास्ता गरेको छ ।  तर सर्वसाधारणमाथि भने उसले नियम पालनामा कडाइ गरेको आरोप लागेको छ । यसबारे प्रश्न गर्दा एक जना ट्राफिक प्रहरीले जिल्ला प्रशासनमा बुझ्न भने ।