१३ बैशाख २०८१, बिहीबार

ओमिक्रोन भाइरसको नयाँ स्वरुप नेपालमा

corona hotwater

अघिल्लो महिनासम्म १ प्रतिशतभन्दा कम भएको कोभिड संक्रमण दर अहिले १० प्रतिशत नाघेको छ ।

५ प्रतिशतभन्दा बढी हुनुलाई जोखिमयुक्त मानिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले संक्रमण पुष्टि भएका नमुनाको जिन सिक्वेन्सिङ्ग गर्दा ओमिक्रोन भेरियन्टको निकै संक्रामक नयाँ स्वरुप बिए डट टु सँगै बिए डट फाइफ पनि देखिन थालेको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने नाकामा परीक्षण गर्दा संक्रमण पुष्टि हुनेहरुको संख्यासमेत बढ्दै गएको छ । अहिले देखिएको ओमिक्रोनको नयाँस्वरुप पहिलेको भन्दा बढी संक्रामक रहेको चिकित्सक बताउँछन् ।

कोरोनाको तेस्रो लहरमा धेरैलाई संक्रमण भए पनि खासै गार्हो नभएकाले अहिले जनस्वास्थ्यको मापदण्डको उल्लंघन गर्ने क्रम बढेको छ ।

एउटै व्यक्तिलाई पनि पटक–पटक संक्रमण हुनसक्ने र त्यसले जोखिम पनि बढाउने भएकाले थप सतर्कता आवश्यक देखिन्छ ।

कोभिड संक्रमण दर बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्डको सही तरिकाले पालना गर्नुको विकल्प छैन । मापदण्डको पालना गर्दागर्दै पनि संक्रमित बढेमा उपचारका लागि सरकारले पूर्वतयारी गर्न आवश्यक छ ।