१५ चैत्र २०८०, बिहीबार

भोजपुर अस्पतालमा चिकित्सक अभाव

bojpur

जिल्ला अस्पताल भोजपुरमा पर्याप्त चिकित्सक नहुँदा उपचार सेवा नै प्रभावित भएको छ । बिरामीको चाप बढ्दै जाँदा अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नभएका हुन् । चिकित्सकको चरम अभावमा उपचारका लागि आउने सयौं बिरामी समस्यामा परेका छन् ।

जिल्ला अस्पताल भोजपुरमा दरबन्दी अनुसार चिकित्सक नहुादा अस्पतालको दैनिक सेवा नै प्रभावित बनेको छ । दैनिक सयौंको संख्यामा आउने सेवाग्राही चिकित्सक नहुादा उपचारका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ । त्यसमा अझ ग्रामीण भेगका सर्वसाधरणलाई चरम सास्ती भोग्नुपर्ने अवस्था छ ।

प्रदेश र संघीय सरकारले चासो नदिादा जनशक्ति अभाव खट्किएको हो । समयमै उपचार नपाउने अवस्थाले विरामी र गर्भवती महिलालाई जिल्ला बाहिर लैजानुपर्ने बाध्यता छ ।

अस्पतालले तीन महिनादेखि चिकित्सकको अभाव भोग्नुपरेको छ । अहिले एक जना एमबीबीएस चिकित्सकको भरमा अस्पताल सञ्चालन भइरहेको छ । चिकित्सकले नभ्याएपछि अनमी र अहेवले समेत बिरामी जााच्नुपर्ने बाध्यता छ ।

अस्पतालमा नवौं तहको एक जना मेसु, दुई जना मेडिकल अधिकृत, एक जना एचए, दुईजना अहेब, चार जना स्टाफ नर्स र दुई जना अनमीको दरबन्दी रिक्त छ । अस्पताल प्रशासनले दरबन्दी पूर्तिका लागि पत्राचार गरे पनि स्वास्थ्य मन्त्रालयले पठाएको छैन ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी भएकै कारण अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये सातामा १५ जनासम्मलाई त रिफर नै गरिरहनुपरेको छ ।