१५ चैत्र २०८०, बिहीबार

झण्डै ८ प्रतिशत पुग्यो कोरोना संक्रमणदर, अस्पतालमा बिरामीको चाप

corona virus graph

काठमाडौंको वीर अस्पतालमा ४ दिन अघिसम्म कोरोनाका बिरामी नभएर कोभिड वार्ड बन्द जस्तै थियो । तर अहिले यहाँ २ जनालाइ एचडीयुमा भर्ना गरिएको छ । अस्पतालमा कोभिड परीक्षण गर्न आउने मध्ये धेरैलाई संक्रमण देखिन थालेको छ ।

काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मात्र आइसीयुमा ९ जना कोरोनाका बिरामी उपचाररत छन् । देशैभर ११ जनाको आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

जबकि असार ५ गतेसम्म यो संख्या शुन्य थियो । पछिल्लो २४ घण्टामा मात्र १८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४४ जनामा संक्रमण देखिएको छ । अर्थात संक्रमण दर करिब ८ प्रतिशत पुगेको छ ।

नेपालमा हालसालै देखिएको ओमिक्रोनको बिए डट फाइबका कारण पनि संक्रमणदर बढ्दै गएको चिकित्सक बताउँछन् । आइसीयु र भेन्टिलेटरमा बिरामी थपिनुले जोखिम झन् बढेको देखाएको छ ।

यसअघि संक्रमणले व्यापक रुप लिँदा तयारी हात उठाएको थियो । अहिले दिनानुदिन कोरोनाका बिरामी बढ्दै जाँदा हरेक व्यक्ति सचेत त हुनैपर्छ । सरकारले पनि नियन्त्रणमा खास ध्यान दिन जरुरी छ ।