६ असार २०८२, शुक्रबार

छ प्रतिशतले नाघ्यो कोरोना संक्रमणदर, सतर्कता अपनाउन चिकित्सकको सुझाव

corona virus graph

नेपालमा कोरोना संक्रमणदरमा वृद्धि हुँदै गैरहेको छ । जेठ मसान्तसम्म एक प्रतिशतभन्दा रहेको स‌ंक्रमण दर अहिले ६ प्रतिशतभन्दा माथि पुगेको हो । संक्रमणदर पाँच प्रतिशत नाघ्नु भनेकै खतराको संकेत हो।

अधिकांशले मास्क नलगाउनु, भीडभाड हुनु र स्वास्थ्य सतर्कता नअपनाएको काठमाडौंको यो दृश्य हेर्दा कोरोना संक्रमण साम्य भैसके जस्तो लाग्छ ।

मानिसहरुले जोखिम वास्तै नगरे पनि कोरोना संक्रमणदरको तथ्यांकले भने स्थिति गम्भीर बन्दै गएको देखाउँछ । भारतमा संक्रमण बढे संगै नेपालमा पनि संक्रमण उच्च हुँदै गएको हो । असार १ गते २८ सय ५६ जनाको पीसीआर परिक्षण गर्दा कोभिड संक्रमणदर सुन्य दशमलब ६६ प्रतिशत थियो ।

असार १ गते २८ सय ५६ जनाको पीसीआर परिक्षण गर्दा कोभिड संक्रमणदर सुन्य दशमलब ६६ प्रतिशत थियो । असार १५ मा साढे ५ प्रतिशत थियो । अहिले १७ सय जनाको पीसीआर परीक्षण गर्दा १ सय ४ लाइ संक्रमण देखियो ।

अर्थात संक्रमणदर ६ दशमलब ११ प्रतिशत पुग्यो । जबकि पाँच प्रतिशतभन्दा बढी हुनुलाई जोखिमपूर्ण अवस्था मानिन्छ । त्यसो भए अब के गर्ने त ?

चिकित्सकहरुका अनुसार संक्रमणदर बढ्नुमा हालै देखिएको ओमिक्रोनको नयाँ स्वरुप पनि हो। भारतमा २४ घण्टामा १८ हजारभन्दा बढिमा संक्रमण देखिएको छ । तर नाकाहरुमा कडाई र खोपको दायरा बढाउन चासो दिइएको छैन ।

सरकारले सम्भावित जोखिमप्रति निगरानीमा ध्यान नदिने र सर्वसाधारणले पनि स्वास्थ्य मापदण्डको पालनामा ख्याल नगर्ने हो भने कोरोना संक्रमणले स्थिति गम्भीर हुनसक्छ।