११ बैशाख २०८१, मंगलवार

रेशम चौधरीको निसर्त रिहाइको माग गर्दै ज्ञापनपत्र

Resham Chaudhary
फाइल फोटो

लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निसर्त रिहाइ लगायतका माग गर्दै सोमबार राखी ज्ञापन–पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापन–पत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् ।

जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले सप्तरीका  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएका हुन् । 

लोसपाको ज्ञापन–पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापन–पत्र आजै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौं पठाउने प्रतिबद्धता गरेका छन् ।

ज्ञापन–पत्रमा सांसद रेशम चौधरीसहित विभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरूलाई निसर्त रिहाइ गर्नुपर्ने, देशमा व्याप्त महंगी, भ्रष्टाचार, कृषिको लागि मलखाद र नागरिकताविहिनको लागि नागरिकता उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।