७ बैशाख २०८१, शुक्रबार

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका पनि कोरोना संक्रमित

corona virus illustration

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७ दिन अगाडि भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो विषयमा अस्पतालले औपचारिक जानकारी दिएको छैन । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् ।

त्रिवि शिक्षण अस्‍पताल स्रोतका अनुसार उपचाररत ती बालिका अस्पतालको न्युरो सर्जरी वार्डमा उपचाररत छिन् । उनमा कोरोना भाइरस पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो न्युरो सर्जरी वार्ड सिल गर्ने तयारी गरिएको छ ।

उक्त वालिका सँग आएका परिवारलाई पनि अहिले आईसोलेसनमा राखिएको छ भने बिरामी सँग सम्पर्कमा आएक स्वास्थकर्मिहरुलाई पनि क्वेरन्टाइनमा राखिनेछ ।

स्रोतका अनुसार उक्त बालिकालाई पाटन अस्पताल पठाउने सम्भावना रहेको छ ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेमबहादुर खड्गासहित अहिले छलफलमा रहेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने अस्पताल स्रोतले जनाएको छ।

शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ। साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

उनीहरू सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिएका छन् ।