८ बैशाख २०८१, शनिबार

नौ वर्षसम्म बाटो नबनेपछि बाटो नबन्दासम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

dhana bahadur 3

सडकमै कुर्चिमा बसिरहेका छन भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर लामा धर्ना दिएर । लामाले यसो गर्नुको कारण हो भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्नु ।

नगरकोट सडक खण्डको बाटो नबन्दासम्म सडकबाटै कार्यालय चलाउने भएका छन् लामा। बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबनेपछि वडा अध्यक्ष लामा सडकमै धर्ना दिएर बस्नु परेको हो ।

नेपाल सरकारको अकर्मण्यता र ठेकेदारको लापरवाहीले २ वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा बन्न नसकेपछि बाध्य भएर विरोध स्वरुप सडकमै कार्यालय लिएर चलाएको लामा बताउछन् ।

‘२ वर्षमा पुरा गर्नुपर्ने भक्तपुर नगरकोट बाटो ठेकेदारको लापरवाही र नेपाल सरकारको अकर्मण्यताले ९ वर्ष पुग्दा पनि बन्न सकेन । मैले दबाब स्वरुप बाध्य भएर वडा अध्यक्षको हैसियतले ध्यानाकर्षण गराउन कार्यालय सडकमा ल्याएको छु’ लामाले भने,।

‘भक्तपुर नगरकोट खण्डको बाटो बनाउनुपर्यो भनेर सरकारका सबै निकायलाई गुहारे । मेरो व्यक्ति रुपमा केही चलेन त्यसपछि बाध्य भएर दबाब दिन सडकमा आएको छु ।’

वडा अध्यक्ष लामा भक्तपुर नगरकोट सडक खण्डको लामा चौरमा आफ्नो कुर्सी लिएर सडकमा आएका छन् । यो सडक खण्ड बन्ने निश्चित नभएसम्म यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने लामाले बताए ।

यसअघि भक्तपुर नगरकोट सडक खण्डमा बाटो नबन्दा गाडी चालकले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटो नै गाडीमा टाँगेर विरोध गरेका थिए ।

केदार अधिकारीले बाटो नबनाउँदा सुख्खा मौसममा धुलो र वर्षा मौसममा हिलो व्यहोर्नु परेको भन्दै गाडी चालकले विरोध गरेका थिए । जसले गर्दा पर्यटकीय क्षेत्र नगरकोट जाने यात्रुले समेत सास्ती व्यहोर्नु परेको छ ।

dhana bahadur 1
dhana bahadur 3
dhana bahadur 2