८ बैशाख २०८१, शनिबार

कुन जिल्लामा कति कोरोना संक्रमित, प्रदेश नम्बर २ मा १०० जना नाघे (जिल्लागत विवरण)

Nepal COVID 19 outbreak map

प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०० नाघेको छ ।

बिहीबार बिहान सर्लाही, धनुषा र महोत्तरीमा पनि ५ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश नम्बर २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो । त्यसयता अहिलेसम्म प्रदेश नम्बर २ का ७ जिल्लामा कोरोनाको संक्रमण देखिइसकेको छ ।

हाल सिरहामा भने कोरोनासंक्रमित फेला परेका छैनन् ।

प्रदेश २ का कुन जिल्लामा कति संक्रमित

पर्सामा हालसम्म ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसपछि प्रदेश ५ मा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश १ मा ३५, बागमतीमा ११, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेश भने हालसम्म कोरोना मुक्त छ । यस्तै ३५ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।

हालसम्मको जिल्लागत विवरण

 जिल्लाकुल संक्रमितजम्मा मृत्युनिको भएकोआज
पर्सा८५ 
रुपन्देही२८ 
उदयपुर३२१४ 
कपिलवस्तु३९ १
बाँके२५ 
काठमाडौं
धादिङ 
कैलाली 
बारा 
१०धनुषा
११रौतहट 
१२बाग्लुङ 
१३चितवन 
१४झापा 
१५महोत्तरी
१६भक्तपुर 
१७बर्दिया 
१८भोजपुर 
१९कञ्चनपुर 
२०नवलपरासी (पश्चिम)
(पूर्वी) नवलपरासी

 १
२१सप्तरी 
२२सर्लाही
 
 कुल २४६ ० ३५ ३

कोरोना संक्रमितको संख्या बढेसँगै हामी थप अपडेट गर्दे जाने छौं