१५ चैत्र २०८०, बिहीबार

अछाममा जडीबुटी खादा एकको निधन, एक गम्भीर बिरामी

received 1181845985986328

अछाममा जडीबुटी खाँदा एक जनाको निधन भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ वर्षीय गणेश खत्रीको निधन भएको हो ।

जडीबुटी खाँदा अर्का एक जना गम्भीर बिरामी भएका छन् । गम्भीर बिरामी हुनेमा साँफेबगर नगरपालिका वडा नम्बर ७ का २९ वर्षीय किशोर भाट रहेका छन् ।

आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ सन्चो हुन्छ भनेर सो जडीबुटी खादा गम्भीर बिरामी भएपछि उपचारका लागि बयालपाटा अस्पताल ल्याइएको थियो । उपचरको क्रममा निधन भएको मृतकका भाइ विनोद खत्रीले जानकारी दिए ।

गम्भीर बिरामी भाटको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैन पठाएको बयालपाटा अस्पतालले जनाएको छ ।