१९ कार्तिक २०८२, मंगलवार

ढिलोचाँडो नेपाल श्रीलंकाकै स्थितिमा पुग्ने नारायणकाजी श्रेष्ठकाे चेतावनी

narayan kaji shrestha
फाइल फोटो

नेपाल कम्युनिष्टि पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलंकाकै स्थितिमा पुग्ने चेतावनी दिनुभएको छ ।

देशलाई श्रीलंकाको स्थितिमा पुग्नबाट बचाउनका लागि उहाँले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं सङ्गठित प्रयत्न गर्न आह्वानमा जाेड दिनुभएकाे छ ।

सामाजिक सञ्जलमा स्ट्याटस् लेख्दै नेता श्रेष्ठले भन्नुभएकाे छ,’हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं, यो सही नै हो,तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’