१३ बैशाख २०८१, बिहीबार

त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

arest

सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो ।

बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।