१२ बैशाख २०८१, बुधबार

भीआईपीका सुरक्षागार्डमा कोरोना देखिएको भन्दै नेकपा बैठक स्थगित

nepalcommunist party office scaled

नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको एक नेताले जानकारी दिए ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।

कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले वैठक स्थगित गर्नुपरेको उनको भनाइ छ।

आजको वैठकमा निती तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे छलफल हुने बताइएको थियो।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।