१३ बैशाख २०८१, बिहीबार

हिंसाप्रेरित अभिव्यक्ति विप्लवको ! विद्यार्थीसँग १० लाख धरौटी लिने न्यायाधीशलाई घरबाट निकालेर कुट्छौँ

biplav 69
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन् ।

देश बेच्न पाइँदैन भनेर अमेरिकी सहायता परियोजना एमसीसी जस्तो राष्ट्रघाती सम्झौताविरुद्ध लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्ने चन्दले बताएका हुन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडेका आफ्ना कार्यकर्तालाई रिहा गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन ? भनेर पटकपटक प्रश्न गरे ।

महासचिव विप्लवले उक्त आन्दोलनका क्रममा गिरफ्तार आफ्ना पार्टीमा आवद्ध विद्यार्थीहरुलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै तिर्न गाह्रो भएको अभिव्यक्तिसहित आक्रोश व्यक्त गरे ।

‘एमसीसीविरुद्ध हामी टाउको फुटुञ्जेल लड्यौँ, हात भाँचिउञ्जेल लड्यौँ, खुट्टा भाँचिउञ्जेल लड्यौँ। हाम्रा साथीहरु जेल पर्नुभयो । धरौटी पनि कति माग्ने ? १० लाख माग्ने क्या, उनले भने, ‘एउटा विद्यार्थीलाई १० लाख धरौटी तोक्ने न्यायाधीश को होरु एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को हो ? यिनको त घरघर गएर थुतेर कुट्नुपर्छ ।’