७ बैशाख २०८१, शुक्रबार

प्रहरी हस्तक्षेप नेपाल रेडक्रस कार्यालयमा (फोटो फिचर)

291005487 565801625012882 3661887021529891428 n

नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिम्सिनालगायत पदाधिकारी मंगलबार पनि कार्यालय पुगेका थिए । तर, उनीहरूलाई प्रहरीले प्रवेश गर्न दिएन । प्रहरीले रोक लगाएपछि दुवै पक्षबीच वादविवाद चलेको थियो ।

रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

291496317 3241158986205244 4466877584705520383 n
291005487 565801625012882 3661887021529891428 n
289668652 453250909954469 7546751947516099247 n
290908080 278067784517835 6406676282174518198 n