१२ बैशाख २०८१, बुधबार

वैदेशिक लगानी भित्र्याउने प्रयास असफल

1575018117remitance

मुलुकमा विदेशी मुद्राको सञ्चिती घट्दै गएका बेला सरकारले सोचे अनुसारको प्रत्यक्ष वैदेशिक लगानीसमेत भित्र्याउन सकेको छैन ।

लगानी भित्र्याउन भन्दै २ पटक त तामझामका साथसम्मेलन नै गरियो । तर, भएका प्रतिबद्धतामा पनि लगानी भित्रिन सकेको छैन । सरकारको अस्थिर नीति र झन्झटिलो प्रक्रिया नै लगानीको बाधक देखिए पनि सहज बनाउने पहल भएको छैन ।

सरकारले वैदेशिक लगानी भित्र्याउन २०७३ र २०७५ सालमा लगानी सम्मेलन गरे पनि सोचे जसरी लगानी भित्रिन सकेको छैन । पछिल्ला वर्षहरुमा लगानीको प्रतिबद्धता भने निरन्तर बढ्दो छ । तर आउने क्रम बढ्न सकेको छैन ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी घट्ने देखिएको छ । गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा चालु आर्थिक वर्षको वैशाखसम्म १६ अर्ब ६५ करोड रुपैयाा मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

अहिले मुलुकमा वैदेशिक मुद्राको चाप परेको छ । वैदेशिक मुद्राको सञ्चिती बढाउन पनि यस्तो लगानी महत्वपूर्ण हुन्छ । तर सरकारले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उचित पहल गरेको छैन । विभिन्न मुलुकहरुले लगानीको प्रतिबद्धता गरे पनि झन्झटिलो प्रक्रिया देखेर हच्किने गरेका छन् ।

अहिले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ९८ अर्ब रुपैयाा छ । सन् २०१७/१८ मा यस्तो लगानी २ खर्ब रुपैयााभन्दा माथि थियो ।

आर्थिक वर्ष २०७१/७२ मा ७६ अर्बको प्रतिबद्धता आए पनि लगानी भने ४ अर्ब मात्रै आएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ५६ अर्बको प्रतिबद्धता आएकोमा १८ अर्ब मात्रै भित्रिएको थियो । गत आर्थिक वर्ष ३८ अर्बको प्रतिबद्धतामा १९ अर्ब भित्रिएको तथ्यांक छ ।

उद्योग दर्तादेखि आर्जन गरेको नाफा लैजान पाउनेसम्मको स्पष्ट कानुनी व्यवस्था नहुादा प्रतिबद्धता अनुसारको लगानी आउन नसकेको हो ।

सरकारले वैदेशिक लगानी भित्र्याएर मुलुकलाई समृद्ध बनाउने सपना देखाउादै आएको छ । तर त्यसअनुसारको नीतिगत सुधार गरेको छैन । त्यति मात्र होइन, व्यवहारिक समस्या समाधान गर्नसमेत पहल नहुँदा अपेक्षित लगानी आउन नसकेको हो ।