निर्धक्क पैसा उठाइराखिएको छ आफन्त लिन र पुर्याउन जानेहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक कक्षमा बस्नसमेत पैसा तिर्नुपर्छ । विदेशबाट आउने आफन्तलाई लिन पुगेकाहरु पैसा तिर्न नसकेपछि चर्को घाम र गाडीहरुको भीडको बीचमा उभिनुपर्ने अवस्था छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक सत्कारमा आउँदै हुनुहुन्छ भने तपाइँले यहाँ बसेर आफन्त कुर्नलाई पैसा लाग्छ । आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ।
सुन्दा अच्चम लाग्न सक्छ तर यो यथार्थ हो । विमानस्थलको नयाँ आगमन टर्मिनलमा आफन्तजन तथा अगन्तुक लिन आउँदा टिकट काट्नुपर्छ, शुल्क तिर्नुपर्छ ।
शुल्क अनुसार कुर्ने कक्ष पनि फरक फरक छ । १०० रुपैयाँ तिरेपछि डिलक्स हलमा बस्न पाइन्छ । ५० रुपैयाँ तिरेपछि सुपेरियर कक्षमा बस्न पाइन्छ ।
तर शुल्क तिर्नु भएन भने टर्मिनल भवन अगाडिको खुल्ला आकाशमुनी उभिनुपर्छ । यहाँ गाडी र मानिसको भिडले उभिनै सकस हुन्छ ।
विमानस्थलको सरकारी जग्गालाई निजी कम्पनी आइएमएस ग्रुपले ३० वर्षसम्मका लागि भाडामा लिएदेखि यस्तो समस्या देखिन थालेको हो।
आफन्तलाई विमानस्थलमा लिन र पुर्याउन आउँदा शुल्क लिने कुरा आश्चचर्य लाग्दो सुनिन्छ । तर यहाँ निर्धक्क पैसा उठाइराखिएको छ ।
आफूलाई लिन आएका आफन्तलाई परेको सकस देखेर विदेशबाट फर्किने नेपालीहरु पनि अचम्मित छन् । उनीहरु अरु कुनै पनि देशका विमानस्थलमा यसरी पैसा असुली भएको नदेखेको बताउँछन् । तर सो कुरा गलत रहेको विमानस्थलमा आउने सर्वसाधरणहरूको धारणा छ।