१३ बैशाख २०८१, बिहीबार

अदालत अगाडि मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन

Pradarsan Rajbiraj

सप्तरीको मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडित भएका पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।

मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले प्रदर्शन गरेको हो ।

गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए।

सप्तरीको खडक नगरपालिका-७ घरभई धरान बस्दै आएका साहले करडौंको रकम र सम्पत्ति ठगी गरी फरार भएका छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।