१३ बैशाख २०८१, बिहीबार

‘राष्ट्रिय आवश्यकतालाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ’

288223176 1084059175851724 562535540819948839 n

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वाग्रह नराखी राष्ट्रिय आवश्यकतालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

पाटी कार्यालय पेरिस डाँडा कोटेश्वरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघि माओवादीबाट अलग भएका नेताहरूले आत्मसमिक्षा गर्नुपर्ने भन्दै देशको राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्न तथा जनतालाई विकास र समृद्धिको नयाँ यात्रामा नेतृत्व दिने दायित्वबाट आफूहरू पछि हट्न नहुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले गल्तीहरूको आत्मसमिक्षा आफूले आठौँ महाधिवेशनमा गरेको भन्नुहुँदै सबैले आफ्ना कमजोरी स्वीकार्ने आँट गरी समाजवादको आधार निर्माण गर्न एकसाथ अघि बढ्नुपर्ने बताउनुभयो ।