१३ बैशाख २०८१, बिहीबार

नेतृत्व तहमा छलफल नागरिकतासम्बन्धी विधेयक पारित गर्न

Balkrishna khad 1
फाइल फोटो

गृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्न नेतृत्व तहमा छलफल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाणले नागरिकता विधेयक पारित गर्न सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताउनुभएको हो ।

गृहमन्त्री खाणले एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने बताउनुभयो ।

उहाँले संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।