१५ चैत्र २०८०, बिहीबार

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिन बन्द गर्ने निर्णय

school band

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा मङ्गलवार साँझ बसेको बैठकले अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम बढ्दै गएकाले असार १५ देखि १७ गतेसम्म सामुदायिक र निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

महानगर प्रमुख कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहित १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थितिमा बसेको बैठकले बर्खे बिदामा कटौती गर्ने गरी तीन दिन विद्यालयहरू बन्द गर्ने निर्णय गरेको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै अविरल वर्षाका कारण महानगरका विभिन्न क्षेत्रहरू डुबानमा परेको र डुबानको प्रकोप अझ बढ्ने सम्भावना रहेकाले आम नागरिकको सुरक्षाका लागि सामुदायिक, संस्थागत र परम्परागत विद्यालयहरूसहित सामुदायिक भवनहरूलाई आवासका लागि व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

महानगरको विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार बैठकले वडाध्यक्षहरूसँग समन्वय गरी डुबान खोल्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

विराटनगर लगायत मोरङ जिल्लामा आज बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।