१२ बैशाख २०८१, बुधबार

‘हेरिटेज अफ फेसन अष्ट्रेलिया-२०२२’ हुने

Capture 5

अष्ट्रेलियाको सिड्नी तथा होबाडको तास्मेनियामा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ हुने भएको छ ।

राजधानीको एक होटलमा कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गर्दै सेप्टेम्बर २५ मा अष्ट्रेलियाको सिड्नी र अक्टोबर २ मा होबाडको तास्मेनियामा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया-२०२२’ नामक फेसन सो हुने जानकारी गराइएको हो ।

आयोजक ए.एसएपी इन्टरटेण्मेन्ट सिड्नी अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर २५ तारिकका दिन अष्ट्रेलियाको सिड्नी तथा अक्टोबर २ तारिकका दिन होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ हुन लागेको हो ।

यस फेसन सो मा नेपाली भेषभुसा तथा संस्कृतिलाई फेसनको माध्यमबाट उज्जागर गर्ने अभिप्रायले हुने कार्यक्रममा नेपालकी मोडल एक्टर मुना गौचन र मोडल एक्टर दिपक घिमिरले सो फेसन सोको कोरियोग्राफी गर्ने भएका छन् ।

साथै मोडल एक्टर रिता कट्टेलको पनि फेसन सो मा सहभागिता रहने छिन् । ड्रेस डिजाइनिङमा चर्चित ड्रेस डिजाइनर रबिन परियारले गर्ने छन् भने कोरियोग्राफी तथा सो स्टपरका रुपमा घिमिरे रहेका छन् ।

अष्ट्रेलियाका समेत चर्चित मोडलहरु समाबेस हुने कार्याक्रमको होस्ट बिबेक खतिवडाले गर्ने एएसएपिका अध्यक्ष सन्तोश अधिकारीले जानकारी गराएका छन्।

    सम्बन्धित समाचार...