१३ बैशाख २०८१, बिहीबार

लडाकु विमान परिचालन चीनद्वारा ताइवानको वायु रक्षा क्षेत्रमा

china fighter jets in taiwan

चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ।

ती विमानहरू मध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमान दक्षिणपश्चिम क्षेत्रबाट ताइवान वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका छन् ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी–८ ए पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो। ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धताको प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ।

ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ ।