८ बैशाख २०८१, शनिबार

‘नाई नभन्नु ल ६’बाट निखिलका छोराको डेब्यू

nikhil and sanchita son

नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइटेलका छोरा अथर्व उप्रेतीलाई चलचित्र ‘नाई नभन्नु ल ६’बाट प्रस्ताव गरिएको छ । उनलाई चलचित्रमा बाल–कलाकारको रुपमा अफर गरिएको हो ।

चलचित्रमा ५ जना बाल–कलाकारको आवश्यकता पर्ने निर्देशक तथा लेखक विकासराज आचार्यले जानकारी दिएका छन् ।

अथर्वले चलचित्र साइन भने गरिसकेका छैनन् । यो बिषयमा सञ्चिता भने पोजिटिभ छन् । तर, निखिल अहिले नै छोरालाई चलचित्रमा डेब्यू गराउन चाहन्नन् ।

निर्देशक आचार्यले चाडै नै अथर्वसँग साइन हुने बताएका छन् । चलचित्रका नायक अभिषेक क्षेत्रीको बाल रुपमा अथर्वले काम गर्नेछन् ।

चलचित्रमा नायिका आँचल शर्मा फाइनल भैसकेकी छिन् । दशैंबाट सुरु हुने चलचित्रमा सामिप्यराज तिमिल्सिनाले कथा लेखिरहेका छन् ।