१३ बैशाख २०८१, बिहीबार

हातमा धेरै ठूला फिल्मले दीपिका पादुकोणलाई आफ्नै घर ‘पछिल्लोपटक कहिले गएँ’ भन्नेसम्म सम्झना छैन

deepika padukone

निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएका दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् ।

दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘पछिल्लोपटक घर कहिले गएँ’ भन्नेसम्म सम्झना छैन । फिल्मको काममा दीपिका भारतभर घुमिरहन्छिन् । जसकारण उनलाई आफ्नो घर पुग्ने समयसमेत छैन ।

पछिल्लोपटक उनी कामको सिलसिलामा मनाली, राजस्थान, दुबई र गोवामा निकैपटक पुगिन् । आफूले जिम्मेवारी लिएको कामलाई जसरी भए पनि पूरा गर्ने सोचले दीपिका घरसमेत बिर्सन्छिन् ।

एकपटक उनलाई यस्तै आपत आइलाग्यो । दीपिकालाई लामो समयसम्म घरमा नदेखेपछि उनको घरेलु कामदारले फोन गरेर उनको हालखबर सोध्नु परेको थियो ।

उनले दीपिकालाई फोन गरेर ‘दिदी तपाईं कहाँ हुनुहुन्छ । कति समय भयो तपाईंको अनुहारसम्म हेर्न पाइएको छैन । तपाईं कहिले आउँदै हुनुहन्छ । म तपाईंको घरमा बस्न सक्छु ?’ भनेर सोधेका थिए ।

दीपिकाले पनि उनलाई ‘तपाईं अवश्य नै त्यो घरमा बस्न सक्नुहुन्छ । मैले यति मेहनत गरेर घर किनेकी छु । कसैले त त्यसलाई प्रयोग गर्नु पर्‍याे नि ’ भन्दै जवाफ फर्काएकी थिइन्