१३ बैशाख २०८१, बिहीबार

डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा

dollar

नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँँ र बिक्री दर १२५.६६ रुपैयाँ तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।

यस्तैगरी युरो १ को खरिद दर १३२.०१ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६.९० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।

जापानी येन १० को खरिद दर ९.२५ पैसा रहेको छ भने बिक्री दर ९.३० रुपैयाँ छ । यस्तै, चइनिज युआन १ को १८.६९ रुपैयाँ बिक्री दर १८.७८ पैसा छ ।