२३ माघ २०७९, सोमबार

दुई मन्त्री एउटै जिल्लावाट प्रतिनिधित्व गर्ने अनुहार

hira chaudhari

राष्ट्रपति बिद्यादेवी भण्डारीले आज सपथ खुवाएका पाँच मन्त्री मध्ये २ जना एउटै जिल्लावाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् ।

पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउँदा केसीले भने स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाएका छन ।

एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि अन्ततः पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन ।