१२ बैशाख २०८१, बुधबार

कान्छी उपाध्यक्षको मनमोहन सम्झदै बजेट भाषण

ashmita thapa

प्रदेश १ कै कान्छी गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले बजेट भाषण तथा नीति कार्यक्रममा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेको पहिलो सरकारले अघि सारेका लोकप्रिय कार्यक्रमको स्मरण गर्दै अहिलेको स्थानीय सरकारको अवधारण सोही बेला जग बसेको दावी गरेकी छन् ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट वक्तव्य प्रस्तुत गर्दै ओखलढुंगाको गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले लोककल्याणकारी व्यवस्था र स्थानीय सरकारको जग नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापना गरेको बताइन् ।

बजेट वक्तव्यमै उनले तत्कालीन ९ महिने एमालेको सरकारले अघि सारेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम नै अहिलेको अधिकार सम्पन्न स्थानीय सरकारको जग रहेको उल्लेख गरेकी छन् ।

सोही कार्यक्रमलाई स्थानीय स्वायत्त शासन हुँदै ग्रामिण स्वाबलम्वन कार्यक्रममा रुपमा तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले निरन्तरता दिएको बजेट तथा नीति कार्यक्रममा उल्लेख छ ।

बजेट वक्तव्यमा उपाध्यक्षले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा अहिले केही अवरोधमा परे पनि स्थानीय सरकारहरुले पनि सोही लक्ष्य लिएर अघि बढ्नुपर्ने बताइन् ।

गाउँपालिका अध्यक्ष अशोक कार्की नेपाली कांग्रेस र उपाध्यक्ष थापा एमालेबाट निर्वाचित भएकाले बजेट तथा नीति कार्यक्रममा दुवै पक्षका एजेण्डाहरुलाई समावेश गरिएको छ ।

गाउँपालिकाले यौन हिंसा,डिप्रेसन,आत्महत्या नियन्त्रणका गर्दै जीवनको महत्व सिकाउँने कायृक्रममा समेत बजेट बिनियोजन गरेको छ ।

त्यस्तै महिला समस्या समाधानका लागि सहायता कक्ष,विद्यालय तहमा स्काउट कार्यक्रममहिलाको स्वास्थ्य परीक्षण,जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकाहरुलाई घर घरमै शिविर र १२ कक्षा उत्तीर्ण गरेका युवाका लागि सिप विकास कार्यक्रम सन्चालन गर्न बजेट बिनियोजना गरेको छ ।

बजेटको मुख्य हिस्सा पालिकाभित्रका सडकको स्तरोन्नति तथा पुर्वाधकार विकासमा लगाइएको छ । कृषि र पर्यटनमा आधारित उद्यमशीलता र रोजगारी अभिबृद्धिका लागि विशेष कार्यक्रम अघि सारिएका उपाध्यक्ष थापाले बताइन् ।

प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको प्रमुख आतिथ्यमाा भएको गाउँसभामा पूर्व सांसद रामहरी खतिवडा,बालकृष्ण ढुंगेल,कांग्रेस नेता प्रदिप सुनुवार लगायतले शुभकामना दिएका थिए ।

    सम्बन्धित समाचार...