१३ बैशाख २०८१, बिहीबार

प्रमुख प्रतिपक्ष दल संसदको शून्य समयमा सरकारप्रति आक्रामक

house 1
फाइल फोटो

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शानित सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् ।

सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्यबारे सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।

सांसद खगराज अधिकारीले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै सरकारका मन्त्रीहरू कमिसनमा लिप्त भएको आरोप लगाए ।

सासद गंगा चौधरीले जेलमा रहेका अभियुक्त छुटाउन महान्यायाधिवक्ता नै लागिपरेको भन्दै महान्यायाधिवक्ताले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । सांसद झपट रावलले शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह गरे ।