८ बैशाख २०८१, शनिबार

‘बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त’

Ishor pokhrel
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद नेपालको विशिष्टतामा विकसित मार्क्सवादी सिद्धान्त भएको बाउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिष्ट पद्धतिबाट विकसित मार्क्सवादी सिद्धान्त भएको उल्लेख गर्नुभयो ।

उहाँले कुनै पनि राजनीतिक दल सधैँ राज्य सत्तामा रहन नसक्ने भन्दै आवधिक जनअनुमोदनले कम्युनिष्ट शक्तिलाई थप बलियो बनाउँदै लैजाने दाबी गर्नुभयो ।