१३ बैशाख २०८१, बिहीबार

महँगीले आफ्नै ढाड सेकिन थालेपछि सदनमा सांसद्हरुको आक्रोश

cost

प्रतिनिधि सभामा बजेट अधिवेशन जारी छ । जारी अधिवेशनमा सांसदहरुले पेट्रोलियम पदार्थको मंहगी नियन्त्रण र नागरिकता विधेयक छिटो टुंगोमा पुर्याउनुपर्नेलगायतका विषयमा आवाज उठाउँदै आएका छन् ।

प्रतिनिधिसभा बैठकमा जेठ १६ देखि बजेट अधिवेशन जारी छ । जारी अधिवेशन अन्तर्गत बिहिवारको छलफलमा सांसदहरुले पेट्रोलियम पदार्थको मंहगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिका कारण श्रमिक र निम्न आय भएकाहरुले चुल्हो बाल्न नसक्ने अवस्थामा पुगेको भन्दै यस्तो स्थितिलाई ध्यान दिदैँ पेट्रोलियम पद्धार्थको मुल्य छिटोभन्दा छिटो घटाउन ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । यस्तै नागरिकता विधेयक र संघीय निजामती ऐन छिटो ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै नेकपा (एमाले)का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको भन्दै आपत्ति जनाए । उनले लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई खबरदारी गरे । नेकपा(एमाले)का सांसद लालबाबु पण्डितले नागरिकता विधेयकलाई फाष्टट्रयाकबाट पारित गरि नागरिकताको वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

सरकारले संघीय निजामती विधेयक फिर्ता गरेर संघीयताको मर्म र प्रशासनलाई तहशनहश बनाएको उनको आरोप छ । छलफलमा सांसदहरुले नेपालमा मंकिपक्स भाइरसको खतरा रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले यस विषयमा अध्ययन र तयारी थाल्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । यस्तै किसानले मल नपाएर हाहाकार भएको भन्दै तुरुन्त मलको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराईएको थियो ।