१३ बैशाख २०८१, बिहीबार

अपमान हुँदा एकीकृत समाजवादीले २० लाख मतकाे संरक्षण गर्न सकेन : खनाल

jhal

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन काठमाडाैं शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै नेता खनालले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले मत प्राप्त भएपनि त्याे संरक्षण गर्न नसकेकाे बताउँदै उहाँले भन्नुभाे, ‘तर त्यो मत हामीले संरक्षण गर्न सकेनौ।’ गठबन्धनमा अपमान हुँदा पार्टीले धेरै ठाउँमा जित्न नसकेको भन्दै खनालले त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताउनुभयो ।

‘कम मत आउनुको पछाडि केही आफ्ना कमजोरी भएपनि गठबन्धन दलकै अपमानले बढी काम गरेको भन्दै अब हामीले देशव्यापी संगठन निर्माण गरेर चुनावमा गएको भए ९ लाखको सट्टा २० लाख मत प्राप्त गरिन्थ्यो’ नेता खनालले भन्नुभयो ।

नेता खनालले प्राप्त मतलाई परिवर्तनको संस्थागत र समाजवादको दिशाको झिल्कोको रुपमा उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिंदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले असल र जनसेवाको नमूना काम गरेर अघि बढ्न निर्देशन दिनुभयाे।

निर्वाचन प्रणालीलाई परिवर्तन गरी निर्वाचनलाई कसरी सस्तो बनाउने भन्ने बारेमा समेत छलफल भइरहेको भन्दै ऐन नियम र संविधानलाई राम्रोसँग अध्ययन गर्दै ‘परिपक्व जनप्रतिनिधिका रुपमा काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाउनु भएको थियो ।

क्रान्तिकारीहरुको शैली जनतासँग एकाकार हुने हो तपाईहरु त्यसतर्फ लाग्नुस भन्दै जनसरोकारका सवालहरु उठान गर्दै जनतासँग सम्वन्ध स्थापित गर्ने तर्फ लाग्न अनुरोध गर्नभयो ।