१५ चैत्र २०८०, बिहीबार

तय भइसकेको भ्रमण नहुने, के देउवा एसपीपीकै लागि अमेरिका जान लागेका थिए ?

pm sherbahadur deuba
फाइल फोटो

पार्टीभित्र र बाहिरको चर्को दबाब पछि अमेरिकासँग हुने भनिएको स्टेट प्रोगाम पार्टनरसिप एसपीपीमा नेपाल सहभागी नहुने भएको छ ।

एसपीपीबाट नेपाल ब्याक हुने निर्णयमा पुगेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तय भइसकेको भनिएको अमेरिका भ्रमण पनि नहुने भएको छ । के एसपीपीकै लागि प्रधानमन्त्री देउवा अमेरिका जाँदै हुनुहुन्थ्यो ?

एसपीपीको विषयमा प्रतिपक्षी दल, सत्ताघटककै केही दल र कांग्रेसभित्रैबाट पनि विरोध भयो । एसपीपी अमेरिकाको सैन्य संगठनसँग जोडिएको विषय भएकाले नेपाल यसमा सहभागी हुनु राष्ट्रघात हुने भन्दै चर्को विरोध भयो ।

चौतर्फी विरोध भएपछि अन्ततः सरकार एसपीपीमा सहभागी नहुने निर्णयमा पुगेको छ । प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवानै पनि अमेरिका जाने विषयलाइ शंकाको दृष्टिकोणले हेरियो । हुन त प्रधानसेनापति शर्मा अमेरिकाका लागि प्रस्थान गरिसक्नुभएको छ ।

प्रधानमन्त्री देउवाको हुने भनिएको भ्रमण रोकिएको छ । एसपीपीमा सामेल नहुने निर्णयसँगै प्रधानमन्त्रीको भ्रमण पनि रोकिनुले शंका उत्पन्न गरेको छ । के प्रधानमन्त्री देउवा एसपीपीमा सामेल हुने एजेण्डासहित अमेरिका जाँदै हुनुहुन्थ्यो त रु कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भने प्रधानमन्त्रीको भ्रमण तय नै नभएको भन्दै बचाउ गर्नुभयो ।

पार्टीभित्रै र बाहिरको दबाब पछि प्रधानमन्त्री देउवा एसपीपीमा सहमति नगर्न सहमत बन्नुभयो । त्यसलगत्तै उहाँले अमेरिकाका नै नजाने जानकारी गराउनुभयो । एसपीपीबाट सरकारपछि हटेसँगै प्रधानमन्त्री देउवा अमेरिका नजाने निर्णयमा पुग्नुले उहाँको भ्रमण एसपीपीकै लागि थियो भन्ने प्रष्ट हुन्छ ।

एसपीपी राष्ट्रिय हित विपरित रहेकोमा अहिले साझा सहमतिजस्तै देखिन्छ । यसले विवाद र आलोचना नभएको भए प्रधानमन्त्री देउवाले राष्ट्रघाती भनिएको एसपीपीमा सहमति गर्थे, गर्दैन थिए दाबी त गर्न नसकिएला तर सहमति गर्नैका लागि अमेरिका जान तयार भइसकेको सत्य भने इतिहासमा दर्ज भइसकेकोछ ।