१ जेष्ठ २०८१, मंगलवार

बाजागाजासहित पुर्ख्यौली घरमा स्वागत मिस नेपाल प्रियंका रानीलाई, अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने छु

Miss Nepal Priyanka Rani Joshi

नेपालको सौन्दर्य प्रतियोगिताको सबैभन्दा ठुलो प्लेटफर्म मिस नेपाल वर्ल्ड २०२२ की विजेता प्रियंका रानी जोशीलाई पुर्ख्यौली घरमा बाजागाजासहित स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ मा रहेको अनामनगरस्थित जन्म घरमा भित्राएका हुन् ।

सेतो रंगको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै आएकी प्रियंकालाई गहृ प्रवेश गर्नुअघि वडा नम्बर २९ का वडाध्यक्षले खादा लगाएर स्वागत गरेका थिए । त्यसपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रियंकाले मिस नेपाल जिताउनका लागि आफूलाई भोट गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने पनि बताइन् ।

Miss Nepal Priyanka Rani Joshi 1

‘म हाम्रो देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन कुनै प्रयास बाँकी राख्ने छैन,’ उनले आफ्नो भविष्यको योजनाबारे पनि भनेकी छन्, ‘अबको तयारी मिस वर्ल्डको छ । यसका लागि जुटेरै लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोशिश गर्नेछु ।’ उनले मिस नेपाल वर्ल्ड बन्न वर्षौंदेखि बुनिरहेको सपना साकार हुँदा त्यसलाई व्यक्त गर्नका लागि आफूसँग शब्द नै नभएको बताईन् ।

    सम्बन्धित समाचार...