१३ बैशाख २०८१, बिहीबार

आवेदन माग चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि (सूचनासहित)

bikash bord

दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन माग गरिएको छ । संचार, सूचना प्रविधि मन्त्रालयले आज विज्ञापन प्रकाशित गर्दै विभिन्न सिमारेखा राखेर बोर्ड अध्यक्षका लागि आवेदन निकालेको हो ।

बोर्ड अध्यक्ष बन्नका लागि ३० बर्ष पुरा भई ६४ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । यस्तै, कुर्न बिषयमा स्नातक तह उतिर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा दश बर्ष कार्य गरेको हुनुपर्नेछ । यस्तै, प्रवीणता प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरी नेपाली फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा बीस बर्ष कार्य गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले सरकारले माग गरेका कागजात संलग्न गरी संचार, सूचना तथा प्रविधि मन्त्रालयमा दरखास्त पेस गर्नसक्नेछन् । दरखास्त आजका मितिले १५ दिन भित्रमा पेश गरिसक्नुपर्ने पनि सूचनामा उल्लेख छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि संझना रौनियार, मनिष पण्डित, नारायण पुरी, भूवन केसी, नवल खड्का लगायतको नाम चर्चामा छ ।

notice