१६ चैत्र २०८०, शुक्रबार

उइघुर मुस्लिम र अल्पसंख्यकमाथि भइरहेको दमनबारे ४७ देशको चासो

uigur muslim

४७ देशले चीनको सिनजियाङ क्षेत्रमा भइरहेका दुर्व्यवहारप्रति चिन्ता व्यक्त गरेका छन् ।

उइघुर मुस्लिम र अल्पसंख्यकमाथि भइरहेको दमनबारे प्रतिवेदन प्रकाशित गर्न पनि ती देशले राष्ट्रसंघसँग माग गरेका छन् । ‘हामी सिनजियाङ उइघुर स्वायत्त क्षेत्रको मानव अधिकारको अवस्था बारेमा गम्भीर चिन्तित छौं’, संयुक्त राष्ट्रका लागि डच राजदूत पल बेकर्सले मंगलबार राष्ट्रसंघीय मानव अधिकार परिषदमा भने ।

४७ देशका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै बेकर्सले १० लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकहरूलाई स्वच्छाचारी ढंगले हिरासतमा राखिएकोे बताए ।

‘शिविरभित्र उइघुर र अल्पसंख्यक व्यक्तिविरुद्ध भेदभाव भएका विवरण सार्वजनिक भएका छन’, राजदूत बेकर्सले भने । शिविरभित्र यातना, अमानवीय तथा अपमानजनक व्यवहार, जबरजस्ती नसबंदी, यौन तथा लिंगमा आधारित हिंसा, जबरजस्ती श्रम र बालबालिकालाई उनीहरूका आमाबाबुबाट जबरजस्ती अलग्याइएका विवरणबारे संयुक्त वक्तव्यमा चिन्ता व्यक्त गरिएको छ ।

उइघुरमा व्यावसायिक सीप प्रशिक्षण केन्द्र भएको र ‘अतिवाद’लाई ट्याकल गर्न आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ ।