७ बैशाख २०८१, शुक्रबार

निरन्तर लडाइँका कारण सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

severodonetsk

युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् । 

शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो । जसका कारण सहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन् । 
सेभेरोदोनेत्स्क कब्जा गर्नु रसियाको लागि शीर्ष सैन्य लक्ष्य भएको छ । रुसी सेनाले शहरको अधिकांश भाग नियन्त्रण गरेको छ । 

‘पानी र सरसफाइको अभाव ठूलो चिन्ता हो । यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो किनभने मानिसहरू पानीबिना लामो समयसम्म बाँच्न सक्दैनन्’, राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भने । 

संयुक्त राष्ट्रले सहरमा फसेकाहरूलाई सहायता प्रदान गर्ने आशा राखेको छ । तर, निरन्तर लडाइँका कारण आफ्ना निकायहरु महिला, केटाकेटी र वृद्धसहित अझै पनि त्यहाँका नागरिकहरूमा सुरक्षित रूपमा पहुँच राख्न नसकेको राष्ट्रसंघले जनाएको छ ।