६ बैशाख २०८१, बिहीबार

निराजन र रुविना मुख्य भूमिका रहेको ‘म’ को प्रदर्शन मिति घोषणा

nirajan pradhan

फिल्म ‘म’ को श्रावण २० गते प्रदर्शन मिति तय गरिएको छ ।

विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म ‘म’ आउँदो श्रावण २० गतेबाट प्रदर्शनमा आउने घोषणा गरिएको हो ।

समीक्षात्मक रूपमा सफल फिल्म ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले ‘म’ को निर्देशन गरेका हुन्। फिल्मको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओसमेत रहेका प्रकाश पुरीले लेखेका छन्।

आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा निराजन प्रधान, रुबिना थापा, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली र पुनम श्रेष्ठलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

निर्देशक सुवर्ण थापाले फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथा भन्ने जानकारी दिए। फिल्मको कथा अत्यन्त बलियो रहेको उनको दाबी छ।

लेखक पुरीले फिल्मको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन्। उनले भने, ‘यो फिल्मले समाजभित्रको कथा भन्छ। फिल्म हेर्दा दर्शकहरूले आफ्नै कथा पाउनुहुनेछ। यस अर्थमा यो फिल्म समाजको ऐना हो।’

फिल्ममा बनिस शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ। पदम पुरी सहनिर्माता र विमला हुमागाईं निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन्। यो फिल्मलाई फिल्म वितरक कम्पनीहरु डिसिएन र एफडीले वितरण गर्दैछन् ।

288469115 5478345728862769 1122491103873337640 n