३१ बैशाख २०८१, सोमबार

अभिनेता गोविन्दाले अन्ततः आफ्ना कमेडियन भाञ्जा कृष्णा अभिषेकलाई माफी दिए

govinda

बलिउड अभिनेता गोविन्दाले अन्ततः आफ्ना कमेडियन भाञ्जा कृष्णा अभिषेकलाई माफी दिएका छन् । दुवैबीच निकै लामो समयदेखि चलिरहेको मनमुटावले अन्ततः निकास पाएको छ । गत महिना कृष्णाले मनीष पालका पोडकास्टमा मामा गोविन्दामाथि सार्वजनिक रुपमा माफी मागेका थिए । हालैमात्र गोविन्दाले पनि मनिषकै पोडकास्टमार्फत उनलाई माफी दिएका हुन् ।

‘तिमी मेरो प्यारी बहिनीको बच्चा हौ र मैले उनलाई धेरै माया दिएको छु । मलाई दुःख लागेको छ कि मैले तिमीलाई त्यति धेरै माया दिन सकिन । तर म यस्तो छैन, मेरो व्यवहारलाई तिमी आफ्नो दुःखको कारण नबनाउनु । तिमीलाई जहिल्यै माफी दिएको छु । कृपया रिल्याक्स गर, मलाई तिमी प्रति कुनै समस्या छैन र भगवानले तिमीलाई जहिल्यै रक्षा गरुन्’, गोविन्दाले भनेका छन् ।

कृष्णाले एक शोमा आफ्नो मामा खलनायक भएको कुरा बताएपछि गोविन्दा दुःखी बनेका थिए । उनले यो कुनै लेखकले लेखेको कुरालाई कृष्णाले पढेको भन्ने कुरा आफूलाई नलागेको बताएका थिए ।

गोविन्दा र कृष्णाबीचको विवाद सन् २०१८ बाट सुरु भएका हो । जुन समयमा कृष्णाकी श्रीमति कश्मीरा शाहले ट्वीटमार्फत केही व्यक्ति पैसाका लागि नाँच्ने गरेको लेखेकी थिइन् । गोविन्दा पत्नी सुनीता आहूजाले सो ट्वीट गोविन्दाविरुद्ध लेखिएको दाबी गरेकी थिइन् । त्यसपछि गोविन्दा र सुनीताले कृष्ण र कश्मिरासँगको सम्बन्ध टुंगिएको घोषणा गरेका थिए ।

सन् २०१९ मा जब गोविन्दा, सुनीता र उनीहरुका छोरी टीना कपिल शर्मा शोमा आएका थिए, त्यो बेला कृष्णा शोमा देखिएनन् । किनकी सुनीताले आफू कृष्णासँग स्टेज शेयर गर्न नचाहेको बताएकी थिइन् ।